भाकपा (मार्क्सवादी) का नेता सीताराम येचुरीलाई पुत्र शोक, कोरोनाका कारण छोराको मृत्यु

नयाँ दिल्ली । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का नेता सीताराम येचुरीलाई पुत्र शोक परेको छ ।कोरोना संक्रमणका कारण उनको ३५ वर्षीय छोरा आशिष येचुरीको बिहीबार बिहान निधन भएको हो ।सीताराम येचुरीले ट्वीटरमार्फत उक्त दुःखद् समाचारबारे जानकारी गराएका हुन् ।उनले ट्वीट गर्दै भनेका छन्, ‘निकै दुःखका साथ भन्नु परिरहेको छ कि मैले आफ्नो जेठो छोरा आशिष येचुरीलाई कोभिड–१९ का कारण आज बिहान गुमाएको छु, हामीलाई विश्वास जगाउने, उसको उपचारमा खटिएका चिकित्सक, नर्स, फ्रन्टलाइन स्वास्थ्यकर्मी, सफाइकर

सम्बन्धित सामग्री

कोरोनाका कारण धनकुटामा एकै परिवारका तीनजनाको मृत्यु

धनकुटा / कोरोनाका कारण धनकुटामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ६ बीचबजारका एकै परिवारका आमा, छोरी र छोराको मृत्यु भएको हो । मंगलबार मृत्यु भएका ६४ वर्षीय विश्वप्रकाश श्रेष्ठकी ९४ वर्षिया आमा सौभाग्यदेवीको गत साता मृत्यु भएको थियो । यसअघि विश्वप्रकाशकी दिदी विजयाश्रीको पनि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । एक महिनाकाे... The post कोरोनाका कारण धनकुटामा एकै परिवारका तीनजनाको मृत्यु appeared first on Purbeli News.

तीन दिनको बीचमा कोरोनाबाट आमा छोराको मृत्यु

सुनसरीको इनरुवाका तीन दिनको बीचमा कोरोनाका कारण आमा छोराको मृत्यु भएको छ । इनरुवा नगरपालिका–३ का एक परिवारका ८४ वर्षीय वृद्धा आमाको कोरानाको कारण मृत्यु भएको तीन दिनपछि आज छोराको पनि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । ६२ वर्षीय छोराको आज विहान नोबेल मेडिकल कलेजको कोभिड युनिटमा उपचारका क्रममा मृत्यु भएको वडा अध्यक्ष कालु राम गुरुङले जानकारी दिए।यसअघि  होम आइसोलेसनमा बसेकी आमाको गएको बुधवार  मृत्यु, भएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका छोरालाई स्वास