केन्द्रीय तथ्याङ्क विभागले जलवायु परिवर्तनसम्बन्धी सूचकहरुको प्रतिवेदन तयार पारेको छ । संयुक्त राष्ट्रसङ्गीय तथ्याङ्क महाशाखा (यूएनएसडी) द्वारा तयार पारिएको जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्क तथा सूचकहरूको विश्वव्यापी संग्रहलाई आधार मानेर जलवायु परिवर्तनका सूचकहरूको संग्रहलाई परिभाषित गरेको हो ।