भारतमा कोरोना संक्रमित संख्याले नयाँ विश्व रेकर्ड बनायो

भारतमा कोरोना संक्रमित संख्याले नयाँ विश्व रेकर्ड बनाएको छ  ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका छन् ।   यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । एकै दिन यति धेरै संक्रमित संख्या विश्वमै पहिलो भएको समाचारमा जनाइएको छ ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । योस