तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका थापा ८२० मतान्तरको साथमा विजयी भएका हुन् । योसँगै तनहुँको स्थानीय तह प्रमुखमा काँग्रेसले खाता खोलेको छ । थापाले चार हजार ३०६ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्षका उम्मेदवार दुर्गबहादुर थापाले तीन हजार ४८३ मत पाएका छन् । थापा अघिल्लो निर्वाचनमा विजयी भएर गाउँपालिका अध्यक्ष बनेका थिए । दोस्रो कार्यकाल दोहोरिन उनको चाहनामा सत्ता गठबन्धन बाधक बनेको छ ।उ