काठमाडौं : माल्दिभ्सले नेपाललाई २ लाखभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप सहयोग गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार माल्दिभ्सले नेपाललाई २ लाख १६ हजार अस्ट्राजेनेका खोप उपलब्ध गराएको हो।
सरकारले यो वर्षको अन्त्यसम्म सबै लक्षित समूहलाई खोपको पूर्ण मात्रा लगाउने लक्ष्य लिएको छ।