इलाम : इलामको माईजोगमाई–५ का ढकाल दाजुभाइको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ।माईखोलाको अर्चले पक्की पुल नजिक माइबेनी हाइड्रोपावरमा काम गर्ने २१ वर्षीय शेखर ढकाल र १८ वर्षीय प्रवीन ढकाल हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएको हो। सोयाङ र सिङफ्रीङ फेदी अठारेमा हाइड्रले बनाएको खाल्डोमा पौडी खेल्न गएका स्थानीय डम्बर बहादुर ढकालका कान्छो छोरा प्रवीन खाल्डोमा डुबेपछि भाइलाई बचाउन गएका साइँलो दाजु शेखरको समेत डुबेर मृत्यु भएको प्रहरीले जा