सभापतिमा चुनाव लड्ने दाबी गरिरहेका नेपाली काँग्रेसका चारजना नेताहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई आपसमा मिलेर एकल उम्मेदवारी तय गर्न युवा नेताहरुले मंसिर २३ गतेसम्मको अल्टिमेटम दिएका छन् । संस्थापन इत्तर पक्षबाट २३ गते बेलुकासम्म साझा उम्मेदवारी तय नगरिए युवाहरुले आफै प्यानल घोषणा गर्ने युवा नेताहरुले बताएका हुन् ।‘हामीले प्रशस्त गृहकार्य गरिरहेका छौं । नेतृत्व परिवर्तन हुनुपर्छ, त्यसर्थ तलबाट आउने साथीहरुको मत नबाँडियोस् भन्ने हामी चाहन्छौं