अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रदूषक मुलुकहरूबाट प्राप्त हुनुपर्ने क्षतिपूर्ति रकम नपाएको भन्दै विश्व बैंकका अधिकारीहरूसँग गुनासो गरेका छन् । विश्व बैंक सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाहरू र जलवायु परिवर्तनबाट परेको असरबारे बुधबार भएको भर्चुअल छलफलमा अर्थमन्त्रीले यस्तो गुनासो गरेका हुन् । जलवायु परिवर्तनबाट अति प्रभावित विकासशील मुलुकहरूले क्षतिपूर्ति वापत वार्षिक १०० अर्ब डलर पाउनेबारे भएको कोपनहेगन निर्णय समेत लागू नभएको र जलवायु परिवर्तनको असर रोकथाम तथा न्य