बेलायत सरकारले लगाउँदै आएको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेड लिस्ट’ लाई शुक्रबार पुनरावलोकन गरिएको छ । तर, नेपाल भने अझै बेलायतको यात्रा प्रतिबन्ध सम्बन्धि नियमको खतरनाक सूची अर्थात ’रेड लिस्ट’ मा नै रहेको छ । बेलायत सरकारले सेप्टेम्बर २२ बिहानबाट लागू हुनेगरी बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, टर्की, ओमान र केन्यालाई रेड लिस्टको सूचीबाट हटाउने भएको छ । दक्षिण एसियाका चारवटा मुलुक रेड लिस्टबाट हट्दा पनि नेपाललाई भने बेलायत सरकारले अझै