युक्रेनको आणविक प्लान्टमा आगलागी, तत्काल कदम चाल्न विश्वलाई जेलेन्स्कीको आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताउनुभएको छ ।  उहाँले विश्व समुदायसँग सहयोगको अपिल गर्नुभएको छ । ट्विटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट खतरामा रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।  रुसी बलले जानीबुझी आणविक पावर प्लान्टलाई निसाना बनाइरहेको जेलेन्स्कीले भन्नुभएको छ । उहाँले सन् १९८६ मा चेर्नोबिल आणविक घटनाबारे उल्लेख गर्दै जापोरिज्याको आणविक प्लान्टमा केही घटना भए त्यसको नतिजा नराम्रो ह...