जलवायु न्यायका लागि खुम्बु क्षेत्रमा रणनीतिक योजना

सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाले खुम्बु क्षेत्रमा जलवायु न्यायका लागि रणनीतिक योजनाका साथ काम गर्ने तयारी गरेको छ । यसका लागि गाउँपालिकाले जलवायु न्यायमा काम गर्दै आएको सामाजिक संस्था 'साथसाथै'सँग ५ वर्षका लागि साझेदारीसमेत गरेको छ ।