युरोपेली उपभोक्ता रेटिङमा ग्यालेक्सी नोट–९ उत्कृष्ट

६ वटा युरोपेली उपभोक्ता रेटिङमा सामसङको पछिल्लो फ्ल्यागशीप ग्यालेक्सी नोट–९ स्मार्टफोन उत्कृष्ट भएको छ । अगस्टको सुरुमा लन्च गरिएको र सबै प्रिमियम डिभाइस मध्ये उत्तम ब्याट्रि, नयाँ स्टाइल र स्टोरेज क्षमता भएको ग्यालेक्सी नोट–९ फ्याबलेटले प्रमुख उपभोक्ता बजारहरु जर्मनी, नेदरल्यान्ड, इटाली, स्पेन, पोर्चुगल बेल्जियममा नम्बर वान भएको स्रोतले जनाएको छ ।