कर्नाटकबाट सुरु भएको हिजाब विवादमा तत्काल सुनुवाइका लागि सर्वोच्चमा याचिका दायर गरिएको थियो । तर सर्वोच्च अदालतले होलीको छुट्टीपछि मात्रै सुनुवाइसँग जोडिएको याचिकालाई सूचीबद्ध गर्नेबारे विचार स्पष्टिकरण दिएको छ ।उजुरीकर्ताका वकिल सञ्जय हेगडेले अदालतसँग यो मामिलामा तत्काल सुनुवाइको माग गरेका थिए । तर सर्वोच्च अदालतले होलीपछि नै यसबारे कहिले सुनुवाई हुनेछ भनेर निश्चित गर्नेछ ।यसअघि कर्नाटक उच्च अदालतले मंगलबार छात्राहरुको याचिका खारेज गर्दै हिजाब इस्लामको अनिवार्य हिस्सा नभएको बताएको थियो ।