माओवादीमा प्रचण्डलाई टक्कर दिने भेटिएनन्, पदाधिकारीमा दावी गर्नेको लर्को

टोल, वडा, गाउँ/नगर, प्रदेश अधिवेशन हुँदै नेकपा माओवादी केन्द्र यतिबेला राष्ट्रिय सम्मेलनमा होमिएको छ । ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि’ भनिएको प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति पनि चयन गरिनेछ । माओवादी शान्ति प्रक्रियामा आएयता कहिले बहुमत त कहिले अध्यक्षतात्मक प्रणालीमा सञ्चालन भएको माओवादी केन्द्र राष्ट्रिय सम्मेलनबाट बहुमदमा जाने तयारीमा छ । त्यसका राष्ट्रिय राष्ट्रिय सम्मेलनबाट पार्टीको अन्तरिम विधान संशोधन गर्न गृहकार्...