रुकुम (पूर्व) मा पनि अब केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ ।
गत असोज महिना नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र स्थापना भएको हो । कार्यालयले मङ्सिरको महिनादेखि काम शुरु गरी लाइनको तार तान्ने, पोल गाड्ने, टान्सफर्मर जडान गर्नेलगायतका कामलाई तीव्र गति दिएको छ । ती काम बोलपत्र आह्वान गरी निर्माण सेवामार्फत भइरहेको केन्द्रले जनाएको छ ।