ठगीको कसुरमा प्रहरीको फरार सूचीमा रहेका एवं अध्यागमनको कालोसूचीमा परेका सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट भागेका हुन् । दुबईबाट आएका आलमलाई लिन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भीआईपी कक्ष गएका थिए । तर, आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गर्योर् । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर …