इंग्लिस प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफर्डसँग स्तब्ध भएको छ। ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा लिभरपुल ३-१ ले पराजित भएको हो। ब्रेन्टफर्डस्थित कम्युनिटी स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा योइन विसा र ब्रायन मविउमोले गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो। लिभरपुलका एलेक्स अक्सलेड चेम्वरलेनले एक गोल फर्काएका थिए। खेलको १९ औँ मिनेटमा इब्राहिमा […]