एमालेका कार्यकर्ता पक्राउपछि भरतपुरको मतगणनास्थलमा तनाव, पत्रकारमाथि दुर्व्यवहार

भरतपुर महानगरपालिकाको मतगणनास्थलबाट एमालेका एक जना प्रतिनिधि पक्राउ परेपछि गणनास्थलमा तनावको स्थिति बनेको छ । प्रहरीले बिना अनुमति एमालेका कार्यकर्ता गणनास्थलमा प्रवेश गरेको भन्दै पक्राउ गरेपछि गणना स्थगित भएको हो । एमालेको दवावपछि प्रहरीले उनलाई केहीबेरमा छाडेपनि तनाव जारी रहेको छ । तनावको माहोलको फोटो तथा भिडियो खिच्ने क्रममा एमालेका कार्यकर्ताले पत्रकारलाई दुर्व्यवहार गरेका छन् । उनीहरुले ग्यालेसी टिभीको बुम खोस्दै क्यामेराबाट छायाँकनमा समेत अवरोध गरेका छन् । सञ्चारमाध्ययमले अनावश्य