नेपाल प्रहरीमा भर्ना खुल्यो, ३६७ प्रहरी सहायक निरीक्षक र ४१४ प्राविधिक जवान माग

नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत प्राविधिक जवान पदमा भर्ना खुला गरेको छ ।  प्रहरीले प्रहरी सहायक निरीक्षक ३६७ जना मागेको छ । त्यस्तै प्राविधिक जवानतर्फ ४१४  जनाका लागि नयाँ भर्ना खुलेको प्रहरीले जनाएको छ ।