'अव प्रधानमन्त्री कृषि आधुनिकीकरणको ठाउँमा राष्ट्रिय कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रमको ठाउँमा अव राष्ट्रिय रोजगार कार्यक्रम राख्दैछु,' उनले भने, 'प्रधानमन्त्रीका नाममा, मुख्यमन्त्रीका नाममा, मेयर-अध्यक्षको नाममा कार्यक्रम राख्न जरुरी छैन् ।'
राष्ट्रिय मानव अधिकार आयोगले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।