गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ लोकार्पण

कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ लोकार्पण भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह लोकार्पण गरेका हुन् ।कार्यक्रममा समीक्षक राजकुमार बानियाँले कविता सिर्जनामा कवि गुरुङले देखाएको निष्ठाको प्रशंसा गरे । ‘चन्द्र गुरुङ होहल्ला नगरी पनि शालीन भाषामा बागी कविता लेख्न सक्ने कवि हुन् । उनले कविताबाटै आफूलाई सम्पूर्ण रुपले पुष्टी गरेका छन्’, उनले भने । अर्का समीक्षक बिन्दु शर्माले भनिन् । ‘गुरुङक