सिमकोट – कर्णाली करिडोरको बाजुराको पिलीदेखि हुम्लाको पैमासम्मको सडकमा यातायातका साधनले खोला तर्नुपर्ने बाध्यता रहँदै आएको छ। उक्त क्षेत्रमा पर्ने साना–ठूला खोलामा पुल निर्माण नभएका कारण यातायातका साधनले खोलामै यात्रा गर्नुपरिरहेको हो। सुर्खेतबाट हुम्लाको सलीसल्लासम्म बोलेरो जिप चलाउँदै आएका चालक उपदेश घर्तीमगरले बाजुराको पिली खोलामा पुल निर्माण नभएका कारण खोलामै गाडी गुुडाउनुपर्ने बाध्यता रहेको बताए। […]