नेपाली कांग्रेसको केन्द्रीय समितिले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेसँगै मोरङमा पनि छलफल सुरु भएको छ । मोरङमा रहेका गठबन्धन दलमध्ये नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच आज विराटनगरस्थित होटल स्टर्न स्टारमा छलफल भएको हो ।छलफलमा माथिको निर्णयलाई कसरी कार्यान्वयन गरेर जाने भन्ने विषयमा प्रारम्भिक छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले जानकारी दिए । बैठकमा कांग्रेसका तर्फ