मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बैतडी : मोटरसाइकल दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ आउँदै गरेको से ६ प ७९२१ नम्बरको मोटरसाइकल बैतडीको सिगास–९ सिकनाडीमा दुर्घटनामा परेको हो।आज अपरान्ह साढे ४ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करिब सय मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।उक्त मोटरसा