भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्छौँः मन्त्री श्रेष्ठ

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई  तिब्र बनाइएको बताएकी छन् । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोहीपनि वास्तविक भूमिविहिन भूमि पाउनबाट बन्चीत हुन नपरोस भनेर अभियान नै सञ्चालन गरेर सरकारले लालपूर्जा वितरणको काम शुरु गरेको बताइन् ।   मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपूर्जा नहुदा भूमिवि