'ए' डिभिजन लिगकाे पुरस्कार राशि बढ्याे, विजेताले ७५ लाख पाउने

काठमाण्डाै – असोजदेखि कात्तिकका लागि सारिएको शहीद स्मारक 'ए' डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।   अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज आइतवार डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने बताएको छ । एन्फाले यस पटक पुरस्कार राशि बढाएर ७५ लाख रुपैयाँ पुर्‍याएकाे हो । यसअघिको सिजनमा विजेताले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ । यस्...