कर्णाली प्रदेशमा लोकसेवा आयोगमा पदाधिकारी नियुक्त, काँग्रेसको कोटामा संसदीय दलका नेताकै श्रीमती

सुर्खेत : प्रदेश सरकारले कर्णाली प्रदेश लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गरेको छ। आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका हुन्।  आयोगको सदस्यमा बसन्ती कुमारी शाही र भक्तबहादुर खड्का नियुक्तलाई नियुक्त  गरिएको छ। आयोगका अध्यक्ष पूर्व शिक्षा निर्देशक हुन्। नियुक्त तीनै जनालाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ गराएका छन्। …