निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर आजदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु गरेको छ । ती तहको निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आयोगले कार्यारम्भ गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।आयोगले सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन