जनकपुर । जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अहिले प्रायः सुनसान रहने गरेको छ । केही महिना अघि सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेपछि यस कार्यालयको कामकाज नै प्रभावित भएको हो ।तीन महिनादेखि कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ । कार्यालय प्रमुखको अभावका कारण आर्थिक र प्रशासनिक कार्य ठप्प भएपछि कर्मचारीले तलबसमेत पाउन सकेका छैनन् ।निमित्त प्रमुख कुशवाहालाई दुर्व्यवहार गरेपछि