प्रचण्डले प्रधानमन्त्री मागेपछि सत्ता गठबन्धनमा खटपट
सत्ता गठबन्धनभित्र बहुमतको सरकार बनाउँदा पहिले कसले नेतृत्व गर्ने भन्ने विषयमा एकमत छैन । कांग्रेसले आफू ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने अडानमा छ भने माओवादी केन्द्रले यसपटक आफूले नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ ।