मानव तस्करीको आरोपमा उपसभामुख रानामगरमाथि छानबिन गर्न सांसदहरुको माग

सांसदहरुले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरमाथि छानबिन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले उपसभामुख रानामगरमाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानबिन गर्न माग गरेका हुन् ।