कांग्रेस शेखर समूहको चियापान समारोह बत्तीसपुतलीमा

काठमाडौँ – नेपाली कांग्रेस डा. शेखर कोइराला पक्षले बिहीबार दसैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। बत्तीसपुतलीस्थित एक फुडल्यान्डमा आयोजित उक्त कार्यक्रम ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति’ गरिएको आयोजक नेपाली कांग्रेस खबरदारी अभियानले जनाएको छ। कार्यक्रममा डा. कोइरालासहित उक्त समूहमा रहेका पदाधिकारी तथा […]