थुप्रै डाक्टर र अस्पताल चाहर्दा पनि रोग निको नहुँदा कहिलेकाहिँ धामी, झाँक्री र हेर्ने चराउने तिर पुगेका हुन्छन। जहाँ पैसा र समयको नष्ट भइरहेको हुन्छ। बिरामीको हेरचाह र स्याहरसुसार गर्दागर्दै परिवारजन आफैं डाक्टर जस्तो भईसकेको हुन्छ। अन्य त्यस्तै प्रकारका रोगीहरुसँग सम्पर्क बढ्दै जान्छ। अन्तमा समाजमा उक्त रोग सम्बन्धी जानकारी बढ्दै जाँदा जनचेतना फैलाउने एक अभियन्ता नै कहलाउँछ। तर घरमा भने रोगको उपचार नपाएर बिरामी छट्पटाइरहेको हुन्छ।