सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी र सभामुखको मनोनयन आजै

सुदूरपश्चिम प्रदेशमा बुधबार मुख्यमन्त्री र सभामुखको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार अपरान्ह्र पाँच बजेभित्र मुख्यमन्त्रीको दाबी पेस गर्ने समयावधि तोकेका छन् । प्रदेशसभा सचिवालयमा पनि  दिउँसो २:३० बजेभित्र सभामुखको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ ।

सम्बन्धित सामग्री

अढाई घण्टा धकेलियो कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक

कैलाली । आज बिहान ८ बस्ने भनिएको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक १०ः३० मा हुने भएको छ । बिहान केही प्रदेश सभा सदस्यहरू संसदीय दलको कार्यालयमा उपस्थित भइसकेका थिए । तर, संसदीय दलका नेता कमल शाहले बैठक १०ः३० मा हुने बताएपछि उनीहरू पनि फर्किए । आज मुख्यमन्त्रीको दाबी गर्ने र सभामुखको मनोनयन गर्ने अन्तिम […]