छाडा चौपायालाई व्यवस्थित गर्न थालेपछि जिल्लामा फाटफुट मात्रामा गिद्ध देखा पर्न थालेका थिए । छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने, सडक, बस्ती फोहर गर्न थालेपछि व्यास नगरपालिकाको सक्रियतामा व्यास–१० शिशुवा भतेरीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ ।नेपाल विद्युत् प्राधिकरणले गौ संरक्षण केन्द्र आसपासबाट भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर धमाधम मर्न थालेका छन् । शिशुवा–भतेरीमा छाडा चौपाया सङ्कलन