काठमाडौँ – निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ। आयोगका शाखा अधिकृत सुरज पोखरेलको नेतृत्वमा गएको टोलीले सो चुनावी सामग्री जफत गरेको हो। आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, सहिदगेट, […]