बिहीबार संयुक्त राष्ट्र संघको महासभामा रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्(ओएचसीआर) को सदस्यबाट निलम्बन गर्ने विषयमा मतदान हुँदैछ । महासभामा युक्रेनमा रुसी सेनाले 'सुनियोजित रूपमा युक्रेनमा मानवअधिकार उल्लंघन' गरेको विषयमा मतदान हुन लागेको हो ।