पेलोसी जान खोज्दा ताइवानमा चिनियाँ लडाकु विमानको घेरा

अमेरिकी सभामुख न्यान्सी पेलोसी मंगलबार राति ताइवानको भ्रमणका लागि ताइपेईमा उत्रिने अनुमान गरिएकाबीच ताइवानमा स्ट्रेटमा स्थिती बिग्रिन थालेको छ । चीनले पेलोसीको ताइवान भ्रमणलाई लिएर चेतावनी दिइरहेको छ भने यसबीच ताइवान स्ट्रेटलाई विभाजित गर्ने मध्य रेखाको नजिक थुप्रै चिनियाँ लडाकु विमानहरुले उडान भरेका छन् ।