फ्री भिसामा विदेश पठाइदिन्छु भन्दै भोट माग्ने श्रेष्ठलाई आयोगको स्पष्टीकरण

बारा : निर्वाचन आयोगले बारा प्रतिनिधिसभा क्षेत्र नं.४ का उम्मेदवार किसान श्रेष्ठलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। वैदेशिक रोजगारीमा जाने युवाको प्री अन्तर्वार्ता भन्दै नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व श्रममन्त्री श्रेष्ठले निर्वाचन आचारसंहिताविपरित मतदाता प्रभावित पार्ने प्रयास गरेको विषयमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो। बाराका युवाहरूलाई श्रेष्ठले फ्री भिसा फ्री टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन दिएको विषयले सञ्चारमाध्यममा स्थान पाएपछि त्यसप्रति ध्य