वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता

नेपाली कांग्रेसले कोभिड–१९ को प्रभावका कारण नेपालीका लागि वैदेशिक रोजगार असुरक्षित भएको र सरकारले आवश्यक सहयोग गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त प्रस्तावक र प्रमिला राई तथा रामबहादुर बिष्ट समर्थक रहेको प्रस्तावमा कोभिड–१९बाट सृजित समस्याले वैदेशिक रोजगारमा ज्यान गुमाएका, रोजगारी गुमाएका र स्वदेश फर्किएकाका बारेको विस्तृत तथ्याङ्क सरकारसँग माग गर्न छलफल गर्नुपर्ने जरुरी रहेको उल्लेख गरिएको छ । कोभिडबाट मृत्यु भएका व्...