इन्डिया टुडेका अनुसार उडिरहेको विमानको बायाँ पखेटामा आगो लागेपछि पटनाको बिहता एयरफोर्स स्टेशनमा आकस्मिक अवतरण गर्नुपरेको थियो । सबै १८५ यात्रु सकुशल रहेको बताइएको छ । सो उडान बोइङ ७२७ रहेको विमानस्थल स्रोतले जनाएको छ आगलागीको कारण प्राविधिक गडबडी भएको आशंका गरिएको र यसबारे इन्जिनियरिङ टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।