बैतडी : दशरथचन्द नगरपालिका १० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु प्रकरणमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। जीवनका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। शनिबार वनभोज खान दोगडाकेदार गाउँपालिका ४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन राति नदीमा मृत अवस्थामा फेला परेका थिए। जीवनसँगै वनभोज खान गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिं