मेलम्ची नदीमा आएको बाढीले पु¥याएको क्षतिको पूर्ण विवरण नआउँदै विज्ञहरुले उक्त क्षेत्रमा फेरि पनि वाढी पहिरो जानसक्ने चेतावनी दिएका छन् । भेमाथाङमा जम्मा भएको डेब्रिज र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उनीहरुले यस्तो बताएका हुन् ।मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्ववत स्थानमा बस्न नसकिने निष्कर्ष निकालेको हो । विभागले गत साउन २२ गतेबाट अध्ययन शुरु गरी वाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययन पछि यस्तो