सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’मनाउने

सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो कुराको जानकारी दिनुभएको हो । बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ‘खोप सप्ताह’ अवधिमा जापानबाट ल्याइने आठ लाख र भुटानबाट ल्याइने तीन लाख डोज खोप लगाइने बताउनुभयो । उहाँले शनिबार र आइतबारसम्म जापान र भुटानबाट खोप ल्याइने पनि बताउनुभयो । साथै उहाँले असोजसम्म एक करोड पाँच लाख डोज खोप आउने बताउनुभयो ।