राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षाफल प्रकाशित गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
मंसिर १७ , काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।
शुक्रवार बिहान बसेको बोर्डको बैठकको निर्णय अनुसार उक्त कक्षाको परीक्षाफल प्रकाशित गरिएको हो ।बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार उक्त परीक्षामा देशभरबाट ३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए ।
जसमा नियमिततर्फ १ लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसै गरी आंशिकतर्फ १ लाख २३ हजार १२१ परीक्षार्थी सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् ।
कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।