बालगोपाल महिला टोलीको प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् । नेपाली महिला टोली राष्ट्रिय टोलीको नियमित प्रशिक्षण अन्तरगत एसियन कपको लागि प्रशिक्षणमा रहेका छन् । राखेप अन्तरगत फुटबलकै करार प्रशिक्षक रहेका महर्जनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले सफल प्रशिक्षको छवि बनाएका महर्जनलाई महिला टोलीको मुख्य […]

सम्बन्धित सामग्री

महिला फुटबल विकासका लागि दीर्घकालीन योजना चाहिन्छ : प्रशिक्षक महर्जन

१ असार, काठमाडौं । कम प्राथमिकतामा परेको नेपाली महिला फुटबल टिममा नयाँ उत्साह दिन आएका छन्, पुरुष टिमका पूर्वप्रशिक्षक बालगोपाल महर्जन । अष्ट्रेलियाली प्रशिक्षक ग्यारी फिलिप्स राष्ट्रिय टिमको जिम्मेवारीबाट मुक्त भएपश्चात अखिल नेपाल फुटबल संघ एन्फाले पुरुष राष्ट्रिय टिमका सफल प्रशिक्षक महर्जनलाई राष्ट्रिय महिला टोलीको जिम्मेवारी सुम्पेको छ । राष्ट्रिय पुरुष टिमलाई लामो समय प्रशिक्षण […]

साफ च्याम्पियनसिप : नेपाललाई फाइनल पुग्न बंगलादेश कति बाधक ?

नेपाली फुटबल टोलीले बुधवार साँझ पौने पाँच बजे प्रतिद्वन्द्वी बाङ्ग्लादेशसँग खेल्दैछ। यो खेल नेपाली फुटबलको लागि धेरै अर्थमा महत्त्वपूर्ण छ।यो खेलबाट कम्तीमा एक अङ्क अर्थात् बराबरी मात्र गर्न सके नेपाल साफ फुटबल च्याम्पियनशिपको फाइनलमा पुग्नेछ।र, साफ च्याम्पियनशिपको २८ वर्षे यात्रामा पहिलो पटक उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। हारको अर्थ भनेको चाहिँ प्रतियोगिताबाट बाहिरिनु हो।दक्षिण एशियाको टापु देश माल्दिभ्समा सञ्चालन भइरहेको प्रतियोगिताको १३ औँ संस्करणमा शुरुका दुई खेल जितेपछि नेपाल प्रतियोगिताको दावेदार टोलीको रूपमा देखिएको थियो।तर सहभागी सबै पाँच राष्ट्र (नेपाल, भारत, बाङ्ग्लादेश, श्रीलङ्का र आयोजक माल्दिभ्स) ले एक अर्कोसँग खेलेपछि अहिले प्रतियोगिताको समीकरण असाध्यै रोचक मोडमा पुगेको छ।त्यो रोचक मोडमा नेपाली फुटबल समर्थकहरूले बुझेको एउटै विषय के हो भने नेपालले बाङ्ग्लादेशसँग 'कम्तीमा हार' नबेहोरे पुग्छ। साफ च्याम्पियनशिप दक्षिण एशियाली राष्ट्रहरूको सबैभन्दा ठूलो फुटबल प्रतिस्पर्धा हो।प्रतिद्वन्द्वीखेलाडीहरूको मनोविज्ञान हेर्ने हो भने नेपाली फुटबल टोली बाङ्ग्लादेशमाथि पछिल्लो समय हावी हुँदै आएको छ। नेपाली खेलाडीहरू भन्ने गर्छन्- 'बाङ्ग्लादेशलाई त ह्याकुलाको कमाल देखाइन्छ नि।'तर तथ्याङ्कले त्यसो भनिरहेको छैन। यी दुई टोलीबीच तीन दशक लामो फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका छन्। तीमध्ये १३ खेलमा बाङ्ग्लादेश र ७ खेलमा मात्र नेपाल विजयी भएको छ। दुई खेल बराबरीमा टुङ्गिएको छ।साफ च्याम्पियनशिपकै कुरा गर्ने हो भने यी दुई टोली सात पटक भिडेका छन्, जसमा ४ जित बाङ्ग्लादेशको नाममा छ भने नेपालले ३ जित हासिल गरेको छ।तर रमाइलो पक्ष के हो भने नेपालले जितेका तीन खेलहरू पछिल्ला प्रतियोगितामा हुन्। त्यसैले नेपाली खेलाडीहरूको मनस्थितिमा 'ह्याकुला' बलियो भएको भान परेको हुनुपर्छ।सबैभन्दा ताजा उदाहरण दिने हो भने नेपालले बाङ्ग्लादेशलाई सात महिनाअगाडि काठमाण्डूको दशरथ रङ्गशालामा हराएको हो। उक्त जित वर्तमान प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीको आगमनको ठिक अगाडि भएको हो। बालगोपाल महर्जन प्रशिक्षक भएको टोलीले बाङ्ग्लादेशलाई फाइनलमा पराजित गरी थ्री नेसन्स कपको उपाधि नै जितेको थियो।रोचकयी दुई देशको प्रतिस्पर्धा र तिनको परिणामका थुप्रै रोचक कथा छन्। के तपाईँहरूलाई सागर थापाको त्यो गोलको सम्झना छ? जुन सन् २०११ को भारतमा सम्पन्न साफ च्याम्पियनशिपको बेला उनले बाङ्ग्लादेशविरुद्ध गरेका थिए।धेरैलाई याद छ- तात्कालीन कप्तान थापाले झन्डै ३० यार्ड टाढाबाट गरेको घुमाउरो फ्रि किक अविश्वसनीय ढङ्गले गोलमा परिणत हुन पुगेको थियो।त्यो गोल खेल सकिने सिटी फुक्नु ३० सेकेन्डअगाडि भएको थियो। जसले नेपाललाई च्याम्पियनशिपको सेमिफाइनलमा पुर्‍याएको थियो भने बाङ्ग्लादेशलाई उसको घर फर्काइदिएको थियो।त्यो गोल त फिफाको साताको उत्कृष्ट गोलको मनोनयनमा नै परेको थियो। त्यसको ठिक दुई वर्षअगाडि बाङ्ग्लादेशले काठमाण्डूको दशरथ रङ्गशालामा सारा नेपाली समर्थकहरूबीच साग गेम्स (दक्षिण एशियाली खेलकुद प्रतियोगिता) मा नेपाललाई हराउँदै उपाधि लगेको थियो।आठौँ सागको आयोजक नेपालले आयोजनाको अन्तिम दिन भएको खेलमा भोगेको पराजय बाङ्ग्लादेशको हातबाट भएका पीडादायी हारमध्येमा पर्छ। कतिपयले उपाधि विमुख भएपछि युवा खेलाडी वसन्त गौचन मैदानमा रोएको घटना पनि सम्झिन्छन्।साफ च्याम्पियनशिपमा नेपालले बाङ्ग्लादेशलाई पनि कम्ता दुःख दिएको छैन। सन् २०१८ मा समूह चरणमै भएको खेलमा नेपालले आयोजकलाई हराएको थियो।जसका कारण बाङ्ग्लादेशमै भएको प्रतियोगितामा घरेलु टोली समूह चरणमै रोकिन पुगेको थियो। विगतका यी भेटहरू भन्दा आजको भेट दुवै देशका लागि सबैभन्दा चुनौतीपूर्ण मोडमा भएको छ।स्वाभाविक छ - बुधवार दुवै टोलीले 'गर या मर' को स्थितिमा खेल्नेछन्।मित्रतादक्षिण एशियाली फुटबल नियाल्ने हो भने फुटबलमा नेपाल र बाङ्ग्लादेश सबैभन्दा नजिक छन्। यिनीहरूलाई साफ फुटबलको 'मिल्ने दौँतरी' भन्दा फरक पर्दैन।९० को दशकमा नेपाली खेलाडीहरूको व्यावसायिक फुटबलको गन्तव्य नै बाङ्ग्लादेश थियो। नेपालका त्यतिबेलाका चर्चित खेलाडीहरूको नाम त्यहाँको फुटबल जगत्‌मा अहिले पनि कण्ठ नै छ।त्यस हिसाबमा बङ्गालीहरू पनि दक्षिण एशियाका अन्य देशको तुलनामा नेपालकै समर्थन गर्छन्।यी दुई टोलीबीचच नै सबैभन्दा धेरै मैत्रीपूर्ण खेलहरू भएका छन्। एक घण्टाको हवाई यात्राले जोडिने यी दुई देशका फुटबल अधिकारीहरू पनि सुखदुःखका साथीहरू जस्तै देखिन्छन्।जस्तै कोभिड -१९ को पहिलो चरणको बेला फुटबल गतिविधि ठप्पै हुँदा बाङ्ग्लादेशले नेपाललाई दुई मैत्रीपूर्ण फुटबलका लागि ढाका बोलायो।बदलामा नेपालले पनि थ्री नेसन्स कपमा बाङ्ग्लादेशलाई बिर्सेन।यति मात्र होइन, बाङ्ग्लादेशको महिला टोलीलाई दुई मैत्रीपूर्ण खेलका लागि पनि नेपालले निम्तो दियो। तर अहिले भने यी दुई राष्ट्र एक अर्कोलाई हराउने रणनीति बुनिरहेका छन्।नेपाली प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीले खेल अगाडिको पत्रकार सम्मेलनमा अनुपस्थित भएर फाइनल पुग्नु अगाडि आफूलाई रहस्यमय बनाएका छन्। भारतसँग 'अत्यन्तै रक्षात्मक' खेलेर आलोचित नेपाल, बाङ्ग्लादेशसँग भने मिश्रित शैलीले खेल्ने फुटबल विश्लेषकहरूको अनुमान हो।त्यो रणनीति भनेको पहिलो हाफमा ३ अङ्कका लागि र दोस्रो हाफमा एक अङ्कका लागि हुने अनुमान छ। -बिबिसी