तीन दिनमा काठमाडौंबाट डेढ लाख बाहिरिए

सरकारले दुई साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि पछिल्लो तीन दिनमा काठमाडौंबाट डेढ लाख बाहिरिएका छन् ।आज (बिहीबार)देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि तीन दिनमै काठमाडौंबाट यति धेरै यात्रु बाहिरिएका हुन् । कोरोना–१९को दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै बुधबारमात्र सडक मार्गबाट ४५ हजार ७५ जना बाहिरिएको महानगरीय ट्राफिक महाशाखा रामशाहपथले जानकारी दिएको छ । […]