प्रधानमन्त्री दाहालसँग युरोपेली सङ्घका राजदूतको भेट - NepaliPatra

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै, नेपाल र युरोपेली सङ्घबिचको सम्बन्धलगायतका विषयमासमेत छलफल भएको बताइएको छ।