अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक द्वन्द्व, खेलाडी पलायन र सबैखाले अन्योलको सिधा असर राष्ट्रिय टोलीको प्रदर्शनमा पर्छ कि पर्दैन ? यसको ठ्याक्कै उत्तर गाह्रो छ । तर, एउटा तथ्य निश्चित छ, अन्तर्राष्ट्रिय फुटबलमा नेपाली राष्ट्रिय टिमको कमजोर प्रदर्शनको शृंखला फेरि एकपल्ट देखा परेको छ ।