आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने

काठमाडौँ- नावालिग बलात्कार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । हिजो देखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको लामिछाने त्यसका लागि हिजो त्रिवि मैदानमासमेत पुगेका थिए । तर, बिहीबार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर ...

सम्बन्धित सामग्री

क्रिकेट संघ क्यान र खेलाडीबीच सहमति, कप्तानमा सन्दिप नै रहने

नेपाल क्रिकेट संघ (क्यान) र अशन्तुष्ट खेलाडीहरु बीच सहमति भएको छ । आज भएको दुई पक्षको छलफलमा दुवै पक्ष केहि लचिलो भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भोलि बिहान सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने , कप्तान परिवर्तन नहुने, र ४ खेलाडीमाथिको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको हो। यस संगै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीको सेन्ट्रल कन्ट्रयाक्टमाथिको ६ महिने प्रतिबन्ध पनि फुकुवा भएको छ। तर कप्तान भने सन्दिप ;लामिछाने नै रहने छन् । अनुशासन उल्लंघन गरेको भन्दै क्यानले ज्ञानेन्द्र र दीपेन्द्रलाई क्रमश कप्तान र उपकप्तानबाट पदमुक्त गरेको थियो। उनीहरु सहित सोमपाल र कमललाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो। सम्झौतामा नराख्ने निर्णय फिर्ता हुने भएको छ। तर मल्ल अब कप्तानको भूमिकामा रहेने छैनन् । यद्यपि यो सहमतिलाई क्यानको बोर्डले पारित गर्नु पर्ने छ । क्यानले खेलाडीलाई कारवाही गरेपछि क्यानले बोलाएको बन्द प्रशिक्षणमा १३ खेलाडी आएका थिएनन् । सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि आगामी (फेब्रुअरी) महिना ओमानमा ग्लोबल छनोटको बन्द प्रशिक्षणका लागि बोलाइएको थियो। तर खेलाडी नै नआएपछि क्यानले खेलाडीसँग छलफल गरेर सोमबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने वातावरण बनाएको हो।